काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रत्येक यात्रा समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले बुद्धका चार आर्य सत्य—दुःख, यसको कारण, निवारण र निवारणको मार्ग—लाई स्मरण गरेका छन्।
उनका अनुसार बुद्धले देखाएको मार्ग दुःखबाट मुक्त हुने उज्यालोको बाटो हो। “उज्यालोको अभाव नै अँध्यारो हो, र जब उज्यालो फैलिन्छ, अँध्यारो आफैँ हट्छ,” उनले उल्लेख गरेका छन्।
शाहले ज्ञानको उज्यालो खोज्दै अघि बढ्नुपर्ने र समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। साथै, बुद्ध जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दै नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा रहेको बताएका छन्।
उनले सन्देशमा लेखेका छन्, “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ भनेको ज्ञान हो।”

