मोरङमा करेन्ट लागेर ५० वर्षीया महिलाको मृत्यु

मोरङ । मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–९ महतो टोलकी ५० वर्षीया मंगलीदेवी मेहताको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

विद्युतीय मोटर जडित कल (पानी तान्ने मेसिन) चलाउने क्रममा करेन्ट लाग्दा उनी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको