काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको कार्यशैलीलाई नागरिकमैत्री बनाउँदै अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा उहाँले प्रहरी कर्मचारीको सेवासुविधा वृद्धि, नयाँ दरबन्दी थप, पूर्वाधार विकास तथा आधुनिक प्रविधिमा लगानी सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल फोरेन्सिक, साइबर अपराध र DNA फोरेन्सिक अनुसन्धानमा प्रहरीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
साथै, सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको प्रयोग बढाउनुपर्ने उल्लेख गर्दै विपद्का समयमा साहसपूर्वक उद्धारमा खटिने प्रहरीको योगदानको प्रशंसा गर्नुभयो।

