भक्तपुर नगरपालिका–५ स्थित आदर्श क्षेत्रमा आज टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ।
बा४ख ३१५६ नम्बरको टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक स्वरूप शर्माले जानकारी दिएका छन्।
घटनापछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका ३६ वर्षीय टिपर चालक श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

