टिकटकमा हतियारसहित भिडियो पोस्ट गर्ने दुई जना बाँकेबाट पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा हतियारसहितका भिडियो सार्वजनिक गरी समाजमा डर र त्रास फैलाएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक पक्राउ परेका हुन्। उनीहरूले आफ्नो टिकटक आईडीमार्फत हातमा हतियार समातेको र सर्वसाधारणलाई आतंकित पार्ने खालका गतिविधि देखिने भिडियोहरू पोस्ट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अजय कुमालले ‘Ajay Magar’ र अनिल खटिकले ‘Anilsonkhar’ नामक टिकटक आईडी प्रयोग गर्दै त्यस्ता सामग्री सार्वजनिक गरेका थिए। आम जनमानसमा असुरक्षाको भावना फैलाउने खालका दृश्य पोस्ट गरेपछि प्रहरीले निगरानीमा राखेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको