डोल्पाका पाटन जेठ १० देखि खुल्ने, यार्सागुम्बा सङ्कलनका लागि शुल्क निर्धारण

काठमाडौँ । डोल्पाका विभिन्न पाटन आगामी जेठ १० गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि खुला गरिने भएका छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनका अनुसार मंगलबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।

निकुञ्ज क्षेत्र र डिभिजन वन कार्यालयअन्तर्गत पर्ने सबै पाटन सर्वसाधारणका लागि खुला गरिनेछ। यार्सागुम्बा सङ्कलनका लागि जानेहरूलाई तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ।

निकुञ्जका अनुसार मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि ५०० रुपैयाँ, डोल्पा जिल्लाभित्रका नागरिकका लागि २,००० रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिका लागि ३,००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

मध्यवर्ती क्षेत्र र जिल्लाभित्रका बासिन्दाले प्रवेश अनुमति लिन अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको निकुञ्जले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको