काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज मा चालु आर्थिक वर्षभित्र ६ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार निकुञ्जअन्तर्गत सिजीघाट क्षेत्र नजिकै करिब दुई वर्षको भाले बाघ मृत भेटिएसँगै मृत बाघको संख्या ६ पुगेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार उक्त बाघ अर्को बाघसँगको आक्रमणका कारण मरेको प्रारम्भिक अनुमान गरिएको छ। यस वर्ष मृत भेटिएका बाघमध्ये दुई भाले, तीन पोथी रहेका छन् भने एकको पहिचान खुल्न सकेको छैन।
मृत्युका कारणबारे जानकारी दिँदै उनले दुई बाघ आपसमा जुधेर मरेका, तीन वटा उद्धारकै क्रममा ज्यान गुमाएका र एउटा प्राकृतिक कारणले मरेको बताए।
अघिल्लो गणनाअनुसार निकुञ्जमा १२८ वटा बाघ रहेको तथ्यांक रहे पनि यस वर्षको गणनाको नतिजा भने अझै सार्वजनिक गरिएको छैन।

