आजबाट बीपी राजमार्ग खुल्यो

काभ्रे ।     सोमबार परेको हविरल वर्षा कारण अवरुद्ध बीपी राजमार्ग ३ दिनपछि खुलेको छ।

अस्थायी डाइभर्सन बनाएर यो मार्ग आज बिहानदेखि दुवैतर्फको सवारी आवतजावत गर्न थालेका छन्। वर्षा हुने बित्तिकै रोसी क्षेत्रको करिब ४ किलोमिटर क्षेत्रमा निर्माण गरेको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकोले प्रहरीले यातायात लाई बन्द गराउने गरेको छ।

बीपी राजमार्ग हुँदै पूर्वतर्फ जाने सवारी साधनलाई राजमार्ग अवरुद्ध भएपछि धुलिखेल र कार्प्रेभन्ज्याङमा राखिन्छ। पूर्वबाट आउने यातायातलाई मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिने गरेको छ। पूर्णरुपमा दुवै तर्फको यातायात शुभारम्भ भएपनि जिल्ला प्रहरी कार्यालयले काभ्रेले मौसमको विचार गरेर मात्र यात्रा गर्न सूचना जारी गरेको छ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको