धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११:१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको