काठमाडौँ । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली, ६० वर्षीय साने विक तथा तीनपाटन गाउँपालिका–१० का २१ वर्षीय श्याम दुराल रहेका छन् ।
दुधौली नगरपालिका–१ राँगेस्थित मदन भण्डारी राजमार्गमा म.प्र. ०३–००१ च ८२०२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो । दुर्घटनापछि चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

