ChatGPT अब गुगल शिट र एक्सलमा सिधै प्रयोग गर्न सकिने

काठमाडौँ । ओपनएआईले ChatGPT लाई Google SheetsMicrosoft Excel सँग जोड्ने नयाँ एक्सटेन्सन सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नयाँ फिचरले प्रयोगकर्तालाई जटिल फर्मुला बुझ्न, डेटा सफा गर्न, डुप्लिकेट हटाउन तथा ट्रेन्ड विश्लेषण गर्न मद्दत गर्नेछ ।

साथै, च्याटजीपीटीले स्प्रेडशिटमा भइरहेको प्रक्रिया सरल भाषामा व्याख्या पनि गर्नेछ ।

यो सुविधा च्याटजीपीटी फ्री, गो, प्रो, प्लस, बिजनेस तथा शैक्षिक प्रयोगकर्तासहित सबैका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको