बाढी जोखिम बढेपछि राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन रोक

काठमाडौँ । लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि विभिन्न राजमार्गमा सतर्कता अपनाइएको छ ।

उदयपुर को कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले का अनुसार सडक पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ ।

यसैगरी काभ्रेपलाञ्चोक अन्तर्गत पर्ने विपी राजमार्गको सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै राति सवारी सञ्चालन रोकिएको छ । प्रहरीले यात्रुलाई सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको