तिजी पर्वले लोमान्थाङका होटल भरिभराउ, विदेशी पर्यटकको उल्लेख्य आगमन

काठमाडौँ । पल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित लोमान्थाङ बजारका होटलहरू विदेशी पर्यटकले भरिभराउ भएका छन् ।

बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक तिजी पर्व अवलोकन गर्न आएका पर्यटकको चाप बढेसँगै बजारका झन्डै तीन दर्जनभन्दा बढी होटल भरिएका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार बुधबार मात्रै ३०७ जना विदेशी पर्यटक तिजी पर्व अवलोकनका लागि लोमान्थाङ पुगेका छन् । करिब ६ सय वर्ष पुरानो तिब्बती संस्कृतिसँग जोडिएको तिजी पर्व ३५० जना विदेशी पर्यटकले रुचिपूर्वक अवलोकन गरेको एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए ।

पर्वका अवसरमा विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै, स्थानीयले परम्परागत नृत्य प्रस्तुत गर्ने चलन पनि रहेको छ । तिजी पर्वमा स्वदेशी पर्यटकको उपस्थिति पनि उल्लेख्य रहने गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको