निजी विद्यालय बन्द हुँदैनन्, सरकारको सहयोगी साझेदार हुन् : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निजी विद्यालयलाई सरकारले शिक्षा क्षेत्रको सहयोगी साझेदारका रूपमा हेरेको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले निजी विद्यालय बन्द हुने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे । मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै यस्तो भ्रम फैलाइएको भन्दै उनले दुःख व्यक्त गरे ।

उनले कानुनअनुसार निजी विद्यालयहरूले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढंगले उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै ऐन–कानुन इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरे ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनु स्वाभाविक रहेको बताउँदै सरकारले चिकित्सा शिक्षा ऐनमा व्यापक संशोधन गर्ने तयारी गरिरहेको जानकारी पनि दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको