भिभोको नयाँ फ्ल्यागशिप फोन नेपाली बजारमा, पहिलो ग्राहकलाई विशेष उपहार

काठमाडौँ ।  vivo ले नयाँ स्मार्टफोन vivo V70 FE नेपाली बजारमा बिक्री सुरु गरेको छ । शक्तिशाली क्यामेरा, ठूलो ब्याट्री र एआई फिचरयुक्त यो फोन विशेषगरी फोटो तथा भिडियो सामग्री बनाउन रुचाउने प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

फोनमा २०० मेगापिक्सेलको अल्ट्रा-क्लियर मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । दुवै क्यामेराबाट फोरके भिडियो रेकर्ड गर्न सकिने सुविधा उपलब्ध छ ।

यसमा ७००० एमएएच ‘ब्लुभोल्ट’ ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधि राखिएको छ । साथै, फोनमा मिडियाटेक डाइमेन्सिटी ७३६०-टर्बो प्रोसेसर, १.५के इन्फिनिटी एमोलेड डिस्प्ले र पानी तथा धुलो प्रतिरोधी आईपी६८/आईपी६९ रेटिङ रहेको छ ।

कम्पनीले सुरुवाती ग्राहकका लागि विशेष अफर पनि ल्याएको छ । पहिलो एक हजार ग्राहकले Anker Soundcore P20i इयरबड्स निःशुल्क पाउनेछन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको