काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन याक चिजको प्रवर्द्धन गरेका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत डीडीसीले उत्पादन गरेको याक चिज खाँदै गरेको तस्वीर सार्वजनिक गरेका हुन् । तस्वीरमा प्रधानमन्त्री बालेन हिमाली क्षेत्रको रैथाने चौँरीको दूधबाट बनेको नेपाली याक चिजको स्वाद लिइरहेको देखिन्छ ।
दुग्ध विकास संस्थान (डीडीसी) ले उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ । डीडीसीअन्तर्गतका विभिन्न केन्द्रमार्फत वार्षिक करिब ३६ हजार केजी याक चिज उत्पादन हुने गरेको जनाइएको छ ।


