भगबती चौधरी फेरि फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा निर्विरोध चयन

काठमाडौँ ।  फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक साधारण सभाले संस्थापक अध्यक्ष भगबती चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ।

ग्रामिण अर्थतन्त्र, महिला तथा युवा सशक्तिकरण र स्वरोजगारका क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथपछि चौधरीले संस्थाको उद्देश्य, मर्म र लक्ष्यअनुसार संस्थाको गरिमा अभिवृद्धिमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्चमार्फत गाउँ–गाउँमा महिला सशक्तिकरण, सरसफाइ र सामाजिक चेतना फैलाउने काम गर्दै आएकी छन्। उनीकै पहलमा गैरसरकारी संस्थालाई वित्तीय मध्यस्थताको बाटो खुलेपछि फरवार्ड माइक्रोफाइनान्सको स्थापना भएको हो।

हाल संस्थाले देशका ४० जिल्लाका ३८२ स्थानीय तहका २ लाख ८४ हजारभन्दा बढी विपन्न परिवारलाई १५९ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको