नेपालमा मोटोरोला मोटो G06 पावर र G57 पावर सार्वजनिक, सिजी मोबाइल्सद्वारा बजारमा उपलब्ध

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाइल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो G06 पावर र मोटो G57 पावर — सार्वजनिक गरेको छ। उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि र प्रिमियम डिजाइनलाई लक्षित गर्दै ल्याइएका यी मोडेलले मिड–रेन्ज स्मार्टफोन बजारलाई थप प्रतिस्पर्धात्मक बनाउने कम्पनीको अपेक्षा छ।

मोटो G06 पावर विशेषगरी लामो ब्याट्री लाइफ चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको हो। यसमा ७०००mAh ब्याट्री दिइएको छ, जसले एकपटक चार्जमा करिब तीन दिनसम्म चल्ने कम्पनीको दाबी छ। मिडियाटेक G81 एक्स्ट्रिम प्रोसेसर, ४GB र्याम र १२GB सम्म र्याम बुस्ट सुविधासहित आएको यो फोनमा ६.८८ इन्चको १२०Hz डिस्प्ले, ५०MP क्वाड पिक्सेल क्यामेरा र डल्बी एटमससहित स्टेरियो स्पिकर छन्। यसमा गोरिल्ला ग्लास ३ सुरक्षा, IP64 वाटर–रिपेलेन्ट डिजाइन र प्रिमियम भेगन लेदर फिनिस पनि समावेश छ। यसको मूल्य १८,९९९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी मोटो G57 पावरलाई कम्पनीले नयाँ पुस्ताको प्रदर्शन र इनोभेसनयुक्त स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ। यसमा स्न्यापड्रागन 6s Gen 4 प्रोसेसर, ८GB र्याम र १२८GB स्टोरेज छ भने र्याम बुस्टमार्फत २४GB सम्म विस्तार गर्न सकिने सुविधा रहेको छ। ७०००mAh ब्याट्रीले करिब ६० घण्टासम्म ब्याकअप दिने दाबी गरिएको छ।

यसमा ५०MP सोनी लाइटिया ६०० क्यामेरा, ६.७२ इन्च FHD+ १२०Hz डिस्प्ले, डल्बी एटमससहित डुअल स्टेरियो स्पिकर तथा हाई–रेज अडियो सुविधा छन्। साथै MIL-STD-810H मिलिटरी–ग्रेड सर्टिफिकेसन र गोरिल्ला ग्लास 7i सुरक्षा पनि समावेश छ। एन्ड्रोइड १६ सहित आउने यो फोनलाई एन्ड्रोइड १७ सम्म अपग्रेड गर्न सकिने र तीन वर्षसम्म सेक्युरिटी अपडेट प्राप्त हुने कम्पनीले जनाएको छ। यसको मूल्य ३७,४९९ रुपैयाँ तोकिएको छ।

दुवै स्मार्टफोन नेपालभर सिजी रिटेल आउटलेट्स तथा पार्टनर स्टोरमार्फत उपलब्ध हुनेछन्। कम्पनीले यी उत्पादनमार्फत नेपाली उपभोक्तालाई लामो ब्याट्री लाइफ, आधुनिक प्रविधि र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको