काभ्रेपलाञ्चोकको नमोबुद्धमा बर्ड फ्लु पुष्टि

काठमाडाैं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २ स्थित २६ बाहिनी सैनिक ब्यारेक आसपास दैनिक रूपमा काग मर्न थालेपछि गरिएको परीक्षणमा बर्ड फ्लु देखिएको हो ।

नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो । प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक–एच ९’ संक्रमण पुष्टि भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको