अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार पञ्चदेवल विनायक नगरपालिका–४ अन्तर्गत मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मकवानपुरका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाका ४५ वर्षीय रामप्रकाश थारुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अन्य घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको