कुपण्डोलबाट ल्यापटप र नगद चोरी गर्ने तीन जना पक्राउ

काठमाडाैं । ललितपुरको कुपण्डोलस्थित एक घरबाट ल्यापटप र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गणेश मन्दिर नजिकैको घरमा भएको चोरीको घटनापछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले चोरीमा संलग्न दुई जना र चोरीको सामान खरिद गर्ने एक जनालाई बरामद सामग्रीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय अमन परियार, नुवाकोटका १७ वर्षीय नजर थापा मगर तथा चोरीको ल्यापटप खरिद गरेको आरोपमा महोत्तरीका २१ वर्षीय रञ्जन कापर रहेका छन्। जेठ १४ गते भएको चोरीबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट एचपी र डेल कम्पनीका एक–एक थान ल्यापटप बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको