काठमाडाैं । त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्किरहेका यात्रु सवार मारुती भ्यान धादिङमा दुर्घटनामा परेको छ।
बागमती प्रदेश बा.फ. ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारी क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटारतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

