पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एकको मृत्यु, चालक गम्भीर घाइते

काठमाडाैं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ग१०प २२८७ नम्बरको मोटरसाइकल अगाडि गुडिरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, मोटरसाइकल चालक भारतका २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको