विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २३ जना पक्राउ

काठमाडौँ ।  प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक–एक जना पक्राउ परेका हुन्।

उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको