महोत्तरीमा हराएका ३ वर्षीय बालकको शव पोखरीमा बोराभित्र फेला, हत्या आशंका

काठमाडौँ । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट शुक्रबारदेखि हराइरहेका ३ वर्षीय बालकको शव आज पोखरीमा फेला परेको छ।

प्रहरीका अनुसार स्थानीय रोहित यादवका छोरा मनिकेश यादव शुक्रबार साँझ करिब ५ बजे घर नजिकै खेलिरहेका बेला अचानक हराएका थिए।

आज सोही क्षेत्रको पोखरीमा बोराभित्र शव तैरिरहेको र बालकको खुट्टा देखिएको भन्ने सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। खोजतलासका क्रममा मनिकेशको शव बोराभित्र राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शव बोराभित्र भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ। प्रहरीले मृत्युको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ।

बालकको शव परीक्षणका लागि सम्बन्धित अस्पताल पठाउने तयारी गरिएको छ भने घटनामा संलग्न व्यक्तिको पहिचान तथा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको