देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन जना, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई/दुई जना तथा जुम्ला, मोरङ र ललितपुरबाट एक/एक जना पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट अफिम, खैरो हेरोइन र गाँजासहित चिकित्सकको सिफारिसबिना खरिद तथा प्रयोग गर्न नपाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेनजस्ता औषधिजन्य लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको