काठमाडौँ । बैंकिङ कसुरको आरोपमा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पुष्टि गरेको छ।
प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदसम्बन्धी आर्थिक लेनदेन विवादका आधारमा उनीमाथि बैंकिङ कसुरको आरोप लागेको हो।
साहले करिब १ करोड ३० लाख रुपैयाँमा रेष्टुरेन्ट खरिद गरे पनि सम्झौताअनुसारको केही रकम भुक्तानी नगरेको आरोप रहेको प्रहरीले जनाएको छ।

