काठमाडौं । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। प्रहरीका अनुसार गएराति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर उनी गम्भीर घाइते भएका थिए।
टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीलाई प्रारम्भिक उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल लगिएको थियो। थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्याइए पनि उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

