भूमि प्रशासन कार्यालयले जेठमा ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । देशभरका १३८ भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु ५ अर्ब २४ करोड ४२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार रजिष्ट्रेसन दस्तुरबाट सबैभन्दा बढी रु २ अर्ब ७८ करोड ५१ लाख, पुँजीगत लाभकरबाट रु २ अर्ब १२ करोड ३१ लाख तथा सेवाकरबाट रु २८ करोड ६६ लाख राजस्व उठेको छ।

राजस्व सङ्कलनमा डिल्लीबजार, चाबहिल र टोखा भूमि प्रशासन कार्यालय अग्रस्थानमा रहेका छन्। विभागका अनुसार वैशाखमा रु ६ अर्ब २६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको