प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै विरोध जनाएको छ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफल चलिरहेका बेला सम्बन्धित मन्त्रीहरूले उठेका प्रश्नको जवाफ दिइरहेका थिए। यस क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए।

तर सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न अनुमति नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोधस्वरूप संसदको वेल घेराउ गरेका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको