काठमाडौं । सुर्खेतको लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कसेरा मंगलबार बिहान भान्जीको घर जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। तर उनी गन्तव्यमा नपुगेपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए।
खोजीका क्रममा लेकबेसी–१, चिप्लेस्थित भेरी नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

