बालगृह, महिला सेवा केन्द्र र वृद्धाश्रमको स्थलगत अनुगमन गर्ने संसदीय समिति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बालगृह, हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्र तथा वृद्धाश्रमहरूको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ।

समितिको आज बसेको बैठकले ती संस्थाको अवस्था अध्ययन गरी आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको समिति सभापति आकृति अवस्थीले जानकारी दिइन्।

समिति सचिव इन्द्रविलास पौडेलका अनुसार असार १० गतेदेखि १४ गतेसम्म तीनवटा टोली गठन गरी देशका विभिन्न स्थानमा सञ्चालित बालसुधार गृह तथा हिंसा प्रभावित महिलाका लागि स्थापना गरिएका सेवा केन्द्रहरूको अनुगमन गरिनेछ।

समितिले विशेषगरी बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका बालसुधार गृह तथा सम्बन्धित संस्थाहरूको स्थलगत निरीक्षण गर्ने तयारी गरेको जनाएको छ। यस अनुगमनबाट सेवा प्रवाहको अवस्था, व्यवस्थापन र सुधारका आवश्यक पक्षहरूको मूल्याङ्कन गरिने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको