प्रहरीको पोसाकको रकम उहाँलाई नै दिने सोच बनाएका छौँ : गृहमन्त्री

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै पहिलेदेखि नै ट्रेन्डरमा समस्या भएको सुनिँदै आएको बताए ।

उनले भने, “जति रकम प्रहरीको पोसाकमा खर्च हुन्छ । त्यो रकम प्रहरीलाई नै दिने र उहाँ आफैँले खरिद गर्ने भन्ने सोच बनाएका छौँ,” “कुनै पनि विचौलियाले चलखेल नगरोस्, सुरक्षाकर्मीको पोसाकमा ।”

त्यस्तै उनले बजेट कार्यान्वय भएपछि कैदी बन्दीको कारागार क्षमताको चाप घट्दै जाने बताएका छन् । उनले भने, “आगामी वर्षको बजेट कार्यान्वयन पश्चात् धेरै जिल्लामा नयाँ भवन कारागार भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा कैदीबन्दीको कारागार क्षमतामाथि चाप क्रमशः कम हुँदै जानेछ,” ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको