फाेटाेनलाई ‘कर्पोरेट कमर्शियल भेहिकल अवार्ड २०२६’ प्रदान

काठमाडौं । नेपालको यातायात क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप विश्वप्रसिद्ध कमर्शियल भेहिकल ब्रान्ड फाेटाेनलाई प्रतिष्ठित ‘कर्पोरेट कमर्शियल भेहिकल अवार्ड २०२६’ प्रदान गरिएको छ।

आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको कमर्शियल यातायात क्षेत्रको विकासमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

एमएडब्ल्यू वृद्धि कमर्शियल भेहिकल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले काठमाडौँस्थित होटल र्‍याडिसनमा आयोजित विशेष कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन्।

कार्यक्रममा बोल्दै बरालले यो उपलब्धिलाई कम्पनीका लागि गौरवको क्षण भएको उल्लेख गर्दै नेपालमा विश्वस्तरीय कमर्शियल मोबिलिटी समाधान उपलब्ध गराउने प्रतिबद्धता थप मजबुत भएको बताए।

कम्पनीका अनुसार हालसम्म नेपालमा २,००० भन्दा बढी फाेटाेन सवारीसाधन आपूर्ति भइसकेका छन्। ट्रक, भ्यान तथा इलेक्ट्रिक कमर्शियल सवारीसाधनहरूले व्यावसायिक गतिशीलता सुधार गर्नुका साथै दिगो यातायात विकासमा योगदान दिँदै आएका छन्।

फाेटाेनले इलेक्ट्रिक मोबिलिटी, कार्बन उत्सर्जन न्यूनीकरण तथा ऊर्जा–दक्ष यातायात प्रविधिमा विशेष जोड दिँदै आएको छ। नेपालमा कम्पनीले बिक्री, सेवा तथा स्पेयर पार्ट्स सञ्जाल विस्तार गर्दै तथा २०० भन्दा बढी CCS2 स्पिड चार्जिङ प्वाइन्टमार्फत इलेक्ट्रिक पूर्वाधार सुदृढ गरिरहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको