कञ्चनपुरमा कांग्रेसबाट निर्वाचित वडा सदस्य लागूऔषधसहित पक्राउ

काठमाडौं । कञ्चनपुरमा एक जनप्रतिनिधि लागूऔषधसहित पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ। उनलाई वडा नं. १८ को गौरा मन्दिर टोलबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार जैरूको साथबाट प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल बरामद गरिएको छ।

जैरू गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भीमदत्त नगरपालिका–१८ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको