काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार दुर्घटनामा व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय चुनु श्रेष्ठको ज्यान गएको हो।
ग१क ५४६६ नम्बरको टिपर तीव्र गतिमा रहेका बेला चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि सैनिक अस्पताल पोखरा लगिएको थियो। उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

