काठमाडौं । काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट स्रोत खुल्न नसकेको ११ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हाल काठमाडौँको तारकेश्वरमा बसोबास गर्ने नुवाकोट ककनी गाउँपालिका–५ का ३९ वर्षीय समिर लामा रहेका छन्।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले बा.प्र.०२–०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार लामालाई आइतबार राति शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त नगदसहित नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

