काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिक शंकास्पद वस्तु फेला परेको छ।
घटनाको जानकारी प्राप्त भएपछि कालीभञ्जन गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

