विष्णु पौडेलको तत्काल रिहाइको माग गर्दै एमाले, गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ भन्यो

काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तत्काल रिहाइको माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाए। उनले वर्तमान प्रधानमन्त्रीलाई निर्वाचनका बेला गाडी उपलब्ध गराउने व्यक्तिको बयानका आधारमा पौडेललाई पक्राउ गरिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गत चैतमा भएको ‘प्रतिशोधपूर्ण’ कारबाहीकै निरन्तरता भएको दाबी गरे।

कँडेलले पौडेलको गिरफ्तारी विपक्षी दललाई तर्साउने र एमालेलाई बदनाम गर्ने उद्देश्यले गरिएको आरोप लगाउँदै उनी निर्दोष रहेको जिकिर गरे।

‘काँक्रो आफू खाने र बियाँ अर्कोतिर लगाइदिने व्यवहार निन्दनीय छ,’ उनले भने।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विष्णु पौडेललाई असार ९ गते पक्राउ गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको