काठमाडौं । काठमाडौंको कलंकी पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार बिहान बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनामा कैलालीका २७ वर्षीय चालक प्रकाश साह गम्भीर घाइते भएका थिए।
घाइते साहलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

