खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर–२ बाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुर घर भएका ६२ वर्षीय अमिन चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मधेस प्रदेश–०१–००५ प २८८३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलको टुलबक्समा लुकाएर ल्याएको अवस्थामा १०३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । चेकजाँच गर्दा उनको साथमा थप १ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन भेटिएको छ ।

आज इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर श्याममणि पोखरेलको कमाण्डमा खटिएको टोलीले आरोपीलाई विष्णपुर–बोदेबर्साइन सड्क खण्डबाट उनलाई पक्राउ गरेको हो । आरोपीमाथि इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको