बाँसबारी खानेपानी प्रशोधन केन्द्रको पानी ट्यांकीमा अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बाँसबारी प्रशोधन केन्द्रस्थित पानी ट्यांकीभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा रहेको उक्त प्रशोधन केन्द्रको पानी ट्यांकीमा मंगलबार अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो।

मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको