चीनमा भीषण आँधीबेहरी र चक्रवात: ११ जनाको मृत्यु, ३३१ घाइते

काठमाडौँ । मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार घटनामा एक जना अझै बेपत्ता छन्। सोमबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म हुबेईको पूर्वी क्षेत्रका हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङलगायतका सहरमा मेघगर्जनसहितको शक्तिशाली हावाहुरी चलेको थियो। केही स्थानमा हावाको गति ‘लेभल १३’ सम्म पुगेको र चक्रवात समेत आएको जनाइएको छ।

प्राकृतिक विपत्तिका कारण ठूलो भौतिक क्षति पनि भएको छ। अधिकारीहरूका अनुसार २२ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४ हजार ८ सय ५५ वटा घर तथा अन्य संरचनामा क्षति पुगेको छ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको