विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा उनले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा पूर्ण तयारी अवस्थामा रहन आग्रह गरे।

मुख्यमन्त्री शाहले सम्भावित जोखिमयुक्त क्षेत्रको समयमै पहिचान गरी त्यहाँ सूचना प्रवाह, उद्धार तथा राहतका सबै संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिए। साथै, विपद् व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, विकास साझेदार, निजी क्षेत्र र तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको