साउनको तयारी: पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा भगवान् पशुपतिनाथको दर्शन र पूजाआराधनाका लागि आउने लाखौँ भक्तजनलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका कार्यवाहक सदस्यसचिव तथा कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार शनिबारदेखि सुरु भएको अभियानअन्तर्गत पहिलो दिन पशुपतिनाथ मूल मन्दिरदेखि सूर्यघाटसम्म सफाइ गरिएको छ।

उनले आइतबार अपराह्न मूल मन्दिर बन्द भएपछि थप सूक्ष्म रूपमा सफाइ गरिने र यस अभियानमा सुरक्षा निकायको समेत सहभागिता रहने जानकारी दिइन्। पहिलो दिनको सफाइ अभियानमा दर्जनभन्दा बढी संघसंस्थाको सहभागिता रहेको कोषले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको