काठमाडौँ । शक्तिशाली टाइफुन ‘बाभी’का कारण पूर्वी एसियाका विभिन्न देशमा जनधनमा ठूलो असर परेको छ।
चीनमा नौ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवानमा एक लाख ७० हजारभन्दा बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका छन्।
जापानको दक्षिणपश्चिमी ओकिनावा क्षेत्रमा १८ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ र उडानहरू रद्द हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्। फिलिपिन्समा टाइफुनसँग सम्बन्धित घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
मौसमविद्हरूका अनुसार समुद्री सतहको बढ्दो तापक्रम र जलवायु परिवर्तनका कारण उष्णकटिबन्धीय आँधीको तीव्रता र वर्षाको मात्रा बढ्दै गएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

