खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण, नेपालगञ्ज–गुलरिया आवतजावत सहज हुने

काठमाडौँ । खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा–३ स्थित आदर्श माविबाट धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक सञ्चालनमा आएपछि मुख्य सडकमा अवरोध भए पनि नेपालगञ्ज–गुलरिया आवतजावत सहज हुने भएको छ।

प्रदेश सरकारको रु. ६ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएसँगै उक्त वैकल्पिक सडक निर्माण गरिएको हो।

गाउँपालिकाले आठवटै वडालाई कालोपत्रे सडक सञ्जालले जोड्ने, ‘धुलोरहित गाउँ’ र ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित सडक, ढल तथा नाला निर्माणलाई तीव्रता दिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको