काठमाडौँ । पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरोले सडकमा क्षति पुर्याएपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन रोकिएको छ। सडक अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्रमा सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ।
हाल सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ। यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ।

