काठमाडौँ । स्थानीय बजारमा गोलभेँडाको मूल्य उल्लेख्य रूपमा घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सबै प्रकारका गोलभेँडाको थोक मूल्यमा गिरावट आएको हो।
समितिको तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ। सोमबार ८ रुपैयाँ रहेको यसको मूल्य आज २ रुपैयाँले घटेको हो।
त्यस्तै, नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४० रुपैयाँबाट घटेर ३३ रुपैयाँमा कारोबार भइरहेको छ। टनेल गोलभेँडाको मूल्य पनि प्रतिकिलो १४ रुपैयाँबाट घटेर १३ रुपैयाँ कायम भएको समितिले जनाएको छ।

