काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी कच्ची सडक खण्डमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १:१५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

